प्रेस संगठन कैलालीले गर्यो सञ्चारकर्मीलाई लाइभ ज्याकेटसँगै स्वास्थ्य सामग्री वितरण

सञ्चारकर्मी
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ६ ।
कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वभर फैलिरहेका बेला संक्रमणको उच्च जोखिममा रहेका सञ्चारकर्मीका लागि प्रेस संगठन कैलालीले लाइभ ज्याकेट सहित स्वास्थ्य सामाग्रि वितरण गरेको छ । कोरोना भाइरससँगको लडाईमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्र पंक्तीमा रहेर काम गरिरहेका सञ्चारकर्मीका लागी प्रेस संगठन कैलालीले आज स्वास्थ्य सामग्री तथा लाइभ ज्याकेट सहयोग गरेको हो ।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नारदमुनी राना र सुदूरपश्चिम फाउण्डेशनको सहयोगमा प्रेस संगठन कैलालीले सञ्चारकर्मीहरुलाई सो सामग्री सहयोग गरेको हो । संगठनले १ थान लाइभ ज्याकेट, ग्लोब्स, सेनिटाइजर तथा मास्क सञ्चारकर्मीहरुलाई वितरण गरेको हो । स्वास्थ्यकर्मी र शुरक्षाकर्मी जस्तै सञ्चारकर्मीपनि अग्र पंक्तिमा रहेर काम गरिरहेकाले रिपोटिङमा केही सहज होस भनेर सामग्री सहयोग गरेको प्रेस संगठन कैलालीका संयोजक हरिश बिकले बताउनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य बिरमान चौधरीले यस बिषम परिस्थितीमा सञ्चारकर्मीको महत्वपुर्ण योगदान रहेको भन्दै सञ्चारकर्मीहरुप्रति सम्मान व्यक्त गर्नुभयो । त्यस्तै उहाँले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै खटिएर सञ्चारकर्मीलेपनि जनतालाई सत्य तथ्य सुचना प्रबाह गरिरहेकाले यस्ता स्वास्थ्य सामग्रीको थप आवश्यक्ता रहेको बताउनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्