कानुनको पालना नभएको भन्दै डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ४ को कार्यालयमा तालाबन्दी

तालाबन्दि
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, जेठ ७ । (दिपकराज भट्ट)
देशमा अहिले लकडाउन जारि नै रहेको छ । लकडाउनको पालना सबै स्थानियतहले गरिरहेकाछन् । माहामारि नियन्त्रण गर्नुका लागि बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नु अनिवार्य गरेको छ । यता डडेल्धुराको अजयमेरु गाउपालिका–४ को कार्यालयमा भने तालाबन्दि गरिएको छ । गाउपालिकाले लकडाउनका समयमा जिल्ला बाहिर लगायत अन्य ठाँउ बाट आएका कसैलाई क्वारेन्टानमा राखेको र कसैलाई घर जान दिएको भन्दै स्थानियले मंगलबार राती वडा कार्यालयमा तालाबन्दि गरेका हुन ।

जिल्ला बाहिर लगायत अन्य ठाउँ बाट आएका गरिब जनतालाई क्वारेन्टाईनमा राख्ने र हुने खाने धनी बर्गका, जनप्रतीनिधीसंग नजिक रहेका स्थानियलाई भने शक्तिको भरमा उनमुक्ति दिई लुकार्इ फरार गराईएकाले वडा नं.४ चिपुर स्थित वडा कार्यालयमा तालाबन्दि गरिएको स्थानियको भनाई छ ।

स्थानिय तहले बनाएको निति नियम सबैको लागि बराबर लागु होस भन्दै राती वडा कार्यालयमा ताला लगाईएको स्थानियले बताए ।माहामारिको रुपमा रहेको कोरोना रोगका कारण स्थानिय सकारले बाहिर बाट आएका सबैलाई क्वारेन्टाइनमा बस्नु समेत अनिवार्य गरेको थियो । बाहिर बाट आएका सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्ने स्थानियको माग रहेको छ । क्वारेन्टाईनमा राख्ने व्यवस्था नभए अजयमेरु गाउँपालिकामा धेरै ठुलो भयावह अवस्था नआउला भन्न सकिन्न । भारत बाट धेरै स्थानिय गाउँ आउदै छन ।

कञ्चनपुरको महेन्द्रनगर बाट आएका एक जना कर्मचारीले क्वारेन्टाईनमा बस्न नमानेको गापालिका उपाध्यक्ष कलावती भाणले बताईन । महेन्द्रनगर बाट आएका एक जना कर्मचारीले गापालिकामा समेत नबस्ने बताउदै जिल्ला सदरमुकाम डडेल्धुरा गए पछि भारत बाट आई क्वारेन्टाईनमा बसेका विपक्षिहरुले वडा कार्यालयमा तालाबन्दि गरेको उपाध्यक्ष ले बताउनुभयो ।

अजयमेरुमा हालै मात्र भारत बाट ३५ जना स्थानिय पुगेका छन । उनिहरु सबै क्वारेन्टाईनमा छन । अरु स्थानिय पनि आउने क्रम जारी रहेको उपाध्यक्ष भाणको भनाई छ । नेपाल भारतको सिमा क्षेत्रमा हजारौ स्थानिय अलपत्र छन । सिमामा रहेका स्थानियले दिनहु फोन मार्फत घर पुगाउन आग्रह गर्छन । उनले भनिन्, ल्याउन दिए ल्याउथ्यौ । ल्याउन पनि त्यति सहज नभएकाले उनिहरुको उद्दार गर्न नसकेको उनले बताईन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्