वैज्ञानिक वन अमेरिकी सामराज्यवादले व्यापारका लागी ल्याएको नीति हो, यो नेपालको हित विपरित छः नेता थापा

कर्ण थापा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ९ ।
नेपालमा अवलम्बन गरिएको वैज्ञानिक वनको नीति अमेरिकी सामराज्यवादले आफ्नो स्वार्थका लागि ल्याएको नीति भएको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाल बताउनुभयो । कालोपाटीमा बोल्दै थापाले वैज्ञानिक वनको नीतिले वनजंगलको व्यवस्थापन होइन हाम्रो देशमा भएको वनजंगलपनि विनाश गर्ने बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा कैलाली कञ्चनपुरका विभिन्न ठाउँहरुमा रहेका वनजंगलको अनियन्त्रित फँडानि र प्रकृतिको दोहन भएको छ । पटक पटक आवाज उठाउँदा पनि केहि बनमाफियाका कारणले हाम्रो सम्पदा नै लोप हुने अवस्थामा देखिएको छ । वैज्ञानिक वन व्यवस्थापनको नीति नेपालको ऐन कानुन सँग सम्बन्धित छैन । थापाले भन्नुभयो, वैज्ञानिक वन अवधारणा नेपालको पछिल्लो नीति तथा कार्यक्रममा पि १ को बजेटमा चोर बाटो भएर केही व्यक्तिहरुको स्वार्थका कारणले राखिएको हो, उहाँले भन्नुभयो ।

वैज्ञानिक वनको नाममा अनियन्त्रित फँडानि गर्नु प्रकृतिको मर्म विपरित छ । यस्तो गतिविधि केहि तथाकथित व्यक्ति र ठेकेटार तथा व्यापारिको पेट पोस्नका लागि गरिएको गैरजिम्मेवार काम हो । कोरोना भाइरसका कारण देश लकडाउनमा ठप्प परेका बेला बनमाफियाको एकलौटी चलखेलका आधारमा गरिएको वन फँडानिको गतिविधि हुन गैरकानुनि हो, थापाले भन्नुभयो ।

वैज्ञानिक वनको नीति नेपालका लागि अयोग्य भएको बताउँदै थापाले अहिले जतिपनि ठाउँमा वैज्ञानिक वन र सरकारको नीति भन्दै वन फँडानिको गतिविधी भएको छ त्यसको विरोध र त्यस्ता गतिविधीलाई तत्कालै रोक्न आमजनतालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, यस्ता गैरजिम्मेवार काम गर्नेले तत्कालै नियन्त्रण नगरे भोली जनताको अगाडी जवाफ दिनुपर्छ । सबै मिलेर आफ्नो आफ्नो ठाउँमा हुँदै गरेका वैज्ञानिक वनको नीति रोक्नुस् । कसैलै केही आवाज उठाएमा त्यसमो जिम्मा म लिनेछु, उहाँले भन्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्