कालोपाटी प्रभावः कञ्चनपुरमा रोकियो वैज्ञानिक वनको नाममा भएको अनियन्त्रित फडानि

कटानि कार्य स्थगित
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ०९ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा रहेको कृष्ण उपभोक्ता सामुदायिक वनमा लागु भएको वैज्ञानिक वन कार्यक्रम अन्तरगत हुँदै आएको कटानि कार्य स्थगित भएको छ ।

कञ्चनपुरको उक्त क्षेत्रमा वैज्ञानिक वनका नाममा जथाभावि मापदण्ड विपरित रुखहरु काटेको सुचना पाएलगत्तै कालोपाटीको टिम वनक्षेत्रमै पुगि घटनाको सतहको विषयमा स्थलगन अनुसन्धान गरेको थियो । स्थलगत रिपोर्टिङ्गमा वैज्ञानिक वनको नाममा जथाभावि वन मास्ने गरेको भेटिएपछि सुदूरपश्चिमकै लोकप्रिय बहसमुलक रेडियो कार्यक्रम कालोपाटीमा उक्त विषयको उठान गरिएको थियो ।

सोहि कार्यक्रमको प्रभाव स्वरुप शुक्रबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा रहेको कृष्ण सामुदायिक वनमा वैत्रानिक वनको नाममा हुँदै आएको कटानि कार्य स्थगित गरिएको छ । उक्त कार्य प्रकृतिको मर्म र मानवको धर्म विपरित भएको भन्दै विरोध गर्दै आएका थिए ।

यस्तै, आन्दोलित स्थानियले जिल्ला भरीका ठूला वन क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागु गरि हरिया साल, हल्दु अस्ना लगातका रुखहरु कटानी गर्ने कार्यले जैविक विविधतामा ठूलो असर पुग्ने खतरा निम्त्याईरहेको हुदा वैज्ञानिक वन खारेज हुनुपर्ने माग राखेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्