७० करोडको काण्ड झुठा हो, अदालतले पुष्ठि गर्छ भने सजाय भोग्न तयार छुः मन्त्री बास्कोटा

गोकुल बास्कोटा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १२ ।
सारा नेपाली जनताको आँखामा भ्रम फैलाउने गरि लगाइएको ७० करोडको काण्ड झुठा रहेको पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनुभयो । कालोपाटीमा बोल्दै पुर्व सञ्चारमन्त्री बास्कोटाले आफुमाथी लगाइएको उक्त आरोप कदाचित सत्य नभएको र नियतबस गरिएको चलखेल भएको दावी गर्नुभयो ।

कुनैपनि गलत कार्यको विरोध गर्न पाउनु आम नागरिकको अधिकार हो । चाहे त्यो स्थानिय सरकारका जनप्रतिनिधि हुन् वा कुनै मन्त्री वा प्रधानमन्त्री । पुर्व सञ्चारमन्त्री बास्कोटाले भन्नुभयो, म माथि आरोप लाग्यो । मैले नैतिकताका आधारमा पदबाट राजिनामा दिए । न्यायको ढोका खुल्ला छ । मैलै ७० करोडको भ्रष्टाचार गरेकै हुँ भने जस्तो सजाय पनि भोग्न पनि तयार छु ।

म भुमिगत भएको होइन, नैतिकताका आधारमा राजिनामा दिएर बसेको हो । उहाँले भन्नुभयो, आरोप लागेर पदमै बस्दा लाज नभएको भन्दै विरोध गर्ने, राजिनामा दियो भाग्यो भन्ने । यस्तो व्यक्तिगत पुर्वाग्राहीमा आधारित रहेर राजनीति गर्न खोज्नु अमान्य मानिन्छ । म अझै पनि विचलित भएको छैन, भागेको पनि छैन । आफै न्यायको ढोकामा पुगेको छु, कानुनले दोषि मान्छ र लगाइएको आरोप पुष्ठि गर्छ भने सजाय भोग्न तयार छु, बास्कोटाले भन्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्