दाइ नयाँ किताब कहिले ?

पाठ्यपुस्तक
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १२ । (दिपकराज भट्ट)
सन् २०१९ को अन्त्य तिर चीनको वुहानमा देखा परेको नोबेल कोरोना नामक भाइरसले चिनलाई थला पारिसके पछि विश्वभरीमानै सङ्क्रमण बढाइरहेको छ ।

विश्व माहामारिको रुपमा रहेको यस भाइरसको प्रभावकारि उपचार नहुने र अहिलेसम्म यसको भ्याक्सिन पनि पता नलागेकाले यस बाट बच्नुका लागि देशमा लकडाउन गरेको छ , चैत्र दस गते देखि नेपालमा लकडाउन गरिएको छ लकडाउन गरेको पनि दुई महिना पुगिसकेको छ । जसले गर्दा माध्यमिक तह र उच्च तहका परीक्षा पनि रोकिएका छन् भने प्राथमिक र माध्यमिक तहको भर्ना पनि रोकिएको छ । लकडाउनको असर शिक्षा क्षेत्रमा पनि परेको देखिन्छ । अहिले विद्यालयमा स्थानिय तहहरुले क्वारेन्टाइन बनाएका छन् ।

शिक्षा क्षेत्रको समस्या लाई मध्यनजर गरेर स्थानीय एफ.एम.मार्फत एस.ई.ई ताजकि कक्षाहरु दिइरहेका छन् भने कतै सुगम क्षेत्रमा अनलाइन कक्षा चलाइरहेका छन् । अहिले विद्यार्थिहरुमा निराशापना आएको छ, कसैको परीक्षा रोकिएर अलमलमा छन् त कुनै नया पाठ्यपुस्तक नपाएर हैरान भएका छन् ।

देशमा कोरोनाका केस बढदै जादा नेपाल सरकारले पनि लकडाउन अबधि थप्दै गइरहेको छ । यस समयमा गाउका भाइबहिनिहरुले विशेष सोधिरहेका हुन्छन कि मेरो एस. ई.ई परिक्षा कहिले हुने अनि साना बाहिबहिनिहरुले सोधिरहन्छन कि दाई नयाँ किताब हामिले कहिले पाउछौ । दुर्गम बस्थिका बालबालिबरकाहरुलाई न त अनलाइन ले छुन सकेको छ न त एफ . एम हरुले नै । यस्तो जटिल समयमा हामी अभिभावकले नै आ-आफ्ना बालबालिकालाई निगरानिमा राखेर शिक्षा दिनु जरुरि छ । घरमा दाजुभाइ ले आफ्ना भाईबहिनिहरुलाई सक्दो शिक्षा दिनु जरुरि रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्