कोरोना भरसेस जनता !

दिपकराज भट्ट
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १३ । (दिपकराज भट्ट)
सन् २०१९ को अन्त्य तिर चीनको वुहानमा देखा परेको नोबेल कोरोना नामक भाइरसले चिनलाई थला पारिसके पछि विश्वभरीमानै सङ्क्रमण बढाइरहेको छ । विश्व माहामारिको रुपमा रहेको यस भाइरसको प्रभावकारि उपचार नहुने र अहिलेसम्म यसको भ्याक्सिन पनि पता नलागेकाले यस बाट बच्नुका लागि देशमा लकडाउन गरेको छ , चैत्र दस गते देखि नेपालमा लकडाउन गरिएको छ लकडाउन गरेको पनि दुई महिना पुगिसकेको छ ।

नेपाल बाट रोजगारिका लागि भारत गएकाहरु अहिले नेपाल आउने क्रम रहेको छ । सुदुरपश्चिम का नाका भएर दैनिक सयौ नागरि नेपाल आईरहेमा छन् । उनिहरु सिमामा बिना चेकजाँच नेपाल आईरहेका हुन, देशका नेता सांसद, मेयर, अध्यक्ष, को स्वास्थ परिक्षण गरिरहेका तर जनताले चेकजाँच समेत गर्नु पाएका छैनन् । हुदा हुदै जनताले क्वारेन्टाइनमा बस्न का लागि ,खानाको ब्यवस्थापन समेत आफै गर्नु पर्ने खबरहरु आईरहदा जनतामा निरासपन छाएको छ । बिदेशमा अलपत्र रहेका नागरिक स्वदेश ल्याउने कुरा राम्रो हो तर आईसकेपछि उनिहरुले अनुसाशित भएर क्वारेन्टाइनमा बस्न उनिहरुको कर्तव्य हो । दैनिक भारतबाट आइरहेमा नेपालिहरुलाई खानाको समेत समस्या रहेको छ । प्रदेश सरकारले उनिहरुलाई खाना ब्यवस्था समेत नगर्दा मनकारि व्यक्तिहरुले उनिहरुलाई निशुल्क खाना खुवाइरहेका छन् । यति बेला प्रदेश सरकार मौन हुदा मनकारि व्यक्तिले अलपत्रहरुलाई सहयोग गरिरहेका छन् ।

पछिल्लो समयमा डडेल्धुराको एक स्थानीय तहले आवतजावत र क्वारेन्टाइन मा खानाको व्यवस्था स्वयम् आफैले गर्नु पर्ने भनेर सुचना निकाले पछि त्यहाँका स्थानिहरुले स्थानीय सरकारको अनुभूति समेत महसुस गर्नु पाएका छैनन् ।

ज्यालामजदुरि का लागि छिमेकि मुलुक भारत गएका नेपालिहरुलाई अहिले समस्या परेको छ आफ्नो ज्यालादारीले घरका सबै सदस्य लाई पाल्नेहरु नै अहिले अलपत्र भएका छन् । एकातिर आफ्नो पिर छ भने अर्को्तिर घर को पिर छ । स्थानीय सरकारले िदएको राहात पनि कति चलथ्यो र ? बीस बाईस दिन, अहिले यातायात सेवा बन्द छन्, नगद पैशा छैन उदारो शाहुले दिदैन यसरी नै लकडाउन थपिदै जाने हो भने नेताहरुले त जोहो गरिहाल्लान तर गरिव जनता भोक भोकै सुत्न बेर छैन् । सरकारले जनतालाई अनुभूति समेत दिनसकेको छैन् ।

सरकारले छिटो एक्सन लिन जरुरि छ , भारत बाट आउने नागरिकलाई सिमामा चेकजाँच गर्नु जरुरि छ । स्थानीय तहले बनाएका क्वारेन्टाइनको पनि उचित ब्यवस्थापन मा ध्यान दिन जरुरि रहेको छ । सरकारले अहिले अरु योजना भन्दा पनि यो माहामारि बाट बच्नुका लागि साबधानि अपनाउनु बेस हुन्छ । सरकारले जनतालाई सरकार भएको अनुभूति दिनु जरुरि छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्