कोरोनाको लडाईमा सत्तापक्ष र प्रतिपक्ष हैन, सबै योद्धा बनेर माहामारीको समाना गरौँः नेता रावल

रण बहादुर रावल
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १३ ।
कोरोना माहामारीका कारण नेपालमा त्राहिमाम मच्चिएका बेला सबै राजनीतिक दल एकजुट हुनुपर्ने प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. रण बहादुर रावलले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता रावलले यो संकटको समयमा प्रतिपक्ष र सत्तापक्ष नभनि एकजुट भएर संकटको सामना गर्नुपर्ने बताउनुभयो ।

अहिले धमाधम भारतबाट दैनिक हजारौँको संख्यामा नेपाली नागरिक भित्रिएका छन् । नाकामै उच्च सुरक्षा व्यवस्था र परिक्षण गर्न नसकेका कारण भावि दिनमा ठुलो चुनौतिको समाना गर्नुपर्ने सम्भावना देखिन्छ । नेता रावलले भन्नुभयो, हजारौँको संख्यालाई क्वारेन्टाईन र आइसोलेट गर्न सक्ने क्षमता भएका कयौँ भौतिक संरचना हुँदा हुँदैपनि सरकारको शुन्य पहलका कारण आज बिना चेकजाँच अव्यवस्थित तरिकाले भारतबाट भित्रिएका नागरिकलाई गृहजिल्ला पठाउँदा सुदूरपश्चिममा जोखिम बढेको छ ।

नेता रावलले नेपालको अर्थतन्त्रको कुरालाई जोड्दै हजारौँ नागरिक भारतबाट प्रवेश गरेको र बरोजगारी बढ्दै गएका बेला स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यो समय किसानहरु कृषिमा व्यस्थ हुने समय हो । अबको सुदूरपश्चिम प्रदेश सरकारले तय गर्ने नीति र बजेटमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने खालका नीति तथा योजनाहरु ल्याउनुपर्छ ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा बढ्का हत्या, बलात्कार तथा आपराधिक गतिविधिमा प्रदेश सरकार र प्रशासन चुस्त रहनुपर्ने बताउँदे नेता रावलले रुकुममा जातिय विभेदका कारण भएको युवक हत्याको घटनाको विषयमा समवेदना प्रकट गर्दै यस्तो घटना नदोहोरिनका लागि पनि सरकारी स्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्