कर्ण थापाको विशेष पहलमा रोकियो वैज्ञानिक वनको नीति, मन्त्रीपरिषद्ले दियो कटानी कार्य तत्काल रोक्न निर्देशन

कटानी कार्य रोक्न निर्देशन
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १६ ।
देशैभरी भईरहेको वैज्ञानिक वनको नाममा भएका अनियन्त्रित फडानि तत्कालै रोक्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाको विशेष पहलमा देशका सातै प्रदेशमा लागु गरिएको वैज्ञानिक वनको नीति अन्र्तगत भएको अनियन्त्रित फडानि र कटानिकार्य तत्काल रोक्न मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

पछिल्लो केही दिनदेखि कालोपाटीको टिमले कैलाली कञ्चनपुरमा भएको अनियन्त्रित फडानिको विषयमा लगातार स्थलगत रिपोटिङ्ग गर्दै अनियन्त्रित फडानिको विरुद्धमा आवाज उठाउँदै आएको थियो । यसै क्रममा कार्यक्रम कालोपाटीमा बोल्दै नेता थापाले वैज्ञानिक वनको नीति अमान्य भएको भन्दै यस्तो गतिविधि तत्काल रोक्न पहल गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । सोहि अनुरुप नेता थापाकै विशेष पहलमा विज्ञप्ति र आदेशपत्र जारी गर्दै मन्त्री परिषद्ले वैज्ञानिक वनको नाममा भएको अनियन्त्रित कटानि रोक्ने निर्देशन दिएको हो ।

वैज्ञानिक वनको नीति प्रकृतिको मर्म र मानविय धर्म विपरित भएको भन्दै कैलाली कञ्चनपुरका स्थानियले विगतदेखिनै विरोध गर्दै आएका थिए । लगातार वैज्ञानिक वनको विरुद्धमा आवाज उठाउँदा पनि वनसमितिका अध्यक्ष, ठेकेदार र जनप्रतिनिधिकै मिलेमतोमा उक्त गतिविधि भने रोकिएको थिएन । वैज्ञानिक वनका विरुद्धमा उभिँदा कयौँ पटम ज्यान मार्ने धम्कि समेत आएको स्थानियले बताएका छन् । सोहि विषयमा ध्यानाकर्षण गर्दै नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले प्रत्येक प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै अनियन्त्रित कटानि तत्काल रोक्न निर्देशन दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्