जनप्रतिनिधिलाई जता गएनि टेन्सन, डडेल्धुरामा घेराउ गरि वडा अध्यक्षमाथि कुटपिट

कुटपिट
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, जेठ १६ ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा न. १० का अध्यक्ष बिष्णु भट्टलाई बिहिबार सांझ स्थानीय जोगराज ऐरले कुटपिट गरेका छन् । अध्यक्ष भट्टका अनुसार आफुहरु क्वारेन्टाईन ब्यवस्थापनमा रहेका बेला सांझ करिब ७ बजेको समयमा कुटपिट गरिएको थियो ।

कुटपटि गर्ने ऐरले मादक पर्दाथ सेवन गरी अमरगढी नगरपालीका र वडा नं १० ले आर्थिक अनियमितता गरेको भन्दै गाली गलौच गर्दै लात्तालो हानेको अध्यक्ष भट्टले बताए । ऐरले अध्यक्ष माथि कुटपिट गर्दा अरुले छुटयाए पछी आफु बांच्न सकेको उनले बताए ।

कुटपटि गर्ने ऐरले आफुलाई यस अघी पनी घेराबन्दी गरी कुटपिट गर्ने प्रयास गरेको वडा अध्यक्ष भट्टले आरोप लगाए । कुटपटि गर्ने ऐर अमरगढी नगरपालीका वडा नं १० बुडालीका स्थानीय हुन।
ऐर घरेलु उद्योग बिकास कार्यालयमा काम गर्छन । उनिलाई बिहिबार सांझ देखि प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जानकारि दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्