कर उठाउन काठमाडौं महानगरपालिकाले थाल्यो यस्तो पूरानो चलन, सुन्दै परिन्छ तीनछक्क, तर महानगर यसैमा मख्ख !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर उठाउन कटुवाल प्रथामा जस्तै चलन ल्याएको छ । महानगरले माइकिङ गर्दै कर उठाउन यसरी उर्दी जारी गरिरहेको हो ।

महानगरको यस्तो उर्दीले अधिकांस नगरबासी तीनछक परेका छन् ।

महानगरले शिष्टता, सदाचार भुलेर उत्तेजक र अनुशासनहीन शैली देखाएको भन्दै महानगरको यस्तो पारालाई धेरैले भद्दा पाराको संज्ञा दिएका छन् । ‘अहिले कोरोना कहरको बेला छ । यस्तो बेलामा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले पनि समय दिएका छन् । तर महानगरले एकपटक छलफल र पत्राचारसमेत नगरी पुरातनवादी शैलीमा कर उठाउन खोजेको छ । जुन सरासर अमर्यादित छ ।,’ स्थानीय भन्न थालेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्