जहाँ लकडाउन खुलेपछि लुगा उठाउन जाँदा अन्डरप्यान्टमा चराको गुँड भेटियो !

Ad
  • कालोपाटी सम्बाददाता

वैशाख २४ ।
कोरोना भाइरस ‘कोभिड १९’ को उद्गमस्थल चीनमा गत जनवरीदेखि तीन महिना लामो लकडाउन लागू भएको थियो।

त्यसबीचमा चीनका सबै क्षेत्रहरु प्राय ठप्प हुँदा त्यहाँका सबै विद्यालयहरु बन्द भएका थिए । स्टलमा बसेका विद्यार्थीहरु घरमै फर्किएका थिए। त्यसकारण उनीहरुले सुकाएका लुगाहरु त्यस समयमा उठाउन पाएनन्।

गत शुक्रबार जब एक परिवार आफ्ना छोराको कोठा सार्न विद्यालयको होस्टलमा पुगे। उनीहरुले आफ्नो छोराको अन्डरवेयरमा चराले गुँड बनाएको देखे। लकडाउन लागू हुने समयमै ती विद्यार्थीले लुगाहरु धोएका थिए।

अन्डरवेयरको गुँडमा चराले अण्डासमेत पारेको थियो। हाल यतिबेला यस घटनाको भिडियो र फोटोहरु सार्वजनिक भएको छ। चीनसँगै विश्वभर यस विषय भाइरल बनेको छ। एजेन्सी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्