धनगढीमा राहत बितरणमा सामाजिक दुरि कायम भएन

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २५ । 
धनगढीमा गरिदै आएको राहत वितरणको कार्यक्रम लकडाउनको मर्म विपरित र अस्तव्यस्त देखिएको छ । 

धनगढी उपमहानगरपालिका वडा नं. १ मा वितरण गरिएको राहत वितरणमा राहत लिने मानिसहरुको भिड लागेको भएतापनि सामाजिक दुरी कायम नै नगरी राहत वितरण गरिएको छ । 

सन्त निरंकारी सत्संग भवनमा गरिएको राहत वितरणमा जम्मा भएका मानिसहरुले सुरक्षा किट (मास्क, ग्लब) नलगाएको देखिएको छ । त्यसका साथै उक्त भिडमा सामाजिक दुरी पनि कायम गरिएको छैन । 

त्यस्तै आज वितरण गरिएको राहत वितरणमा सम्पन्न र आफ्नै घर भएकाहरुले राहत पाएको र डेरामा बस्दै आएका र समस्यामा परेकाहरुले राहत नपाएको गुनासो गरेका छन् । एकपक्षिय ढंगबाट राहत वितरण गरिएको भन्दै आमसर्वसाधरण आक्रोशित बनेका छन् । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्