डडेल्धुरामा दुई महिना निःशुल्क सेवापछि बझाङ गए डा. गोविन्द केसी

डा. केसी
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, बैशाख २६ । (दिपकराज भट्ट)
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगेका छन्। डडेल्धुरामा ६५ दिन निःशुल्क सेवा पूरा गरेका डा. केसीले बिहीबारदेखि जिल्ला अस्पताल बझाङबाट निःशुल्क सेवा सुरु गरेको अस्पताल स्रोतले जनाएको छ।

डा.केसिले त्यहाँ करीब एक हप्ता काम गर्ने बुझिएको अस्पतालले जनाएको छ। गत फागुन २० गते निःशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए। केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्।  

डडेल्धुरा रहँदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडबासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए । डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार केसीबाट सेवा लिन डडेल्धुरा सहित बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गर्थे।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्