भारतको रेल दुर्घटनामा १६ मजदुरको मृत्यु, नेपाली नरहेको भारतीय सञ्चारमाध्यमको दावी

रेल दुर्घटना
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २६ ।
महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । मृत्यु भएकाहरु मध्ये नेपाली नरहेको र सबैजना मध्य प्रदेशका रहेका भारतीय सञ्चार माध्यमले दावी गरेको छ । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए ।

रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ ।

करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।

शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।

मृत्यु भएका सबैजनाप्रति भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । एजेन्सी ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्