सुखमा रमाउने सुदूरका मन्त्री जनताको दुःखमा अभिभावक बन्न सकेनन् (फोटो कथा)

सुदूरका मन्त्री
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २६ ।
कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको बेला मर्कामा परेका हजारौँ सुदूरपश्चिमेली जनता सरकारको एक मुठ्ठि राहतका लागी हारगुहार गरिरहँदा पनि सरकारको मौनताको कारण के ? जनताको सेवक र अभिभावक भन्दै हिँडेका जनप्रतिनिधि जनताको मन जित्नकै लागि हिजोको समयमा सडकमा आएको दृश्य सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेका छन् ।

अहिले तिनै मन्त्री र जनप्रतिनिधिहरु आज जनता भोकले मर्दा पनि राहत दिन त परै जाओस् जनतालाई सान्तवना दिनको लागि एक शब्द पनि नबोलेको भन्दै जनता आक्रोशित बनेका छन् । सुदूरपश्मिसँग सिमाना जोडिएका अधिकांश नाकाहरुमा सुदूरपश्चिमकै जनता ४५ दिन देखि अलपत्र परेका बेला खोई उनिहरुको उद्धारका लागि सरकारको पहल ?

चुनाबको बेला आफुले गरेको बाचा , एजेन्डा, आफुले भोट माग्नकै लागि गरेका देखावटीपनलाई सम्झिदै विगतका समयमा सुदूरपश्चिम प्रदेशका मन्त्री र जनप्रतिनिधिहरुले गरेको कार्यलाई एकपटक फर्केर नियाल्ने प्रयास गरौँ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्