मजदुरलाई दाल चामल हैन बाच्न पुग्नेगरी नगद राहत दिन बैद्यको अपील

बैद्यको अपील
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २७ ।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किराण्ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई बाच्न पुग्ने गरी राहत नगदमै दिन सरकारसगँ अपील गरेको छ ।


मे दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै बैद्यले “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।” भनेका छन् ।


राहतमा कतै कुहिएको चामल बाडिएको, कतै अनियमितता भएको, कतै मजदुरले नपाएको र सरकारले करोडौँ बाडेको भनिरहेका बेला बैद्यले नगदै दिन माग गरेका हुन् ।

वैद्यको विज्ञप्ति हेर्नुस्ः

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्