नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्ठि, संक्रमितको संख्या १२० पुग्यो

Corona Virus Update Nepal
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २९ ।
नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनामा नयाँ १० जनामा कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्ठि भएकामध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोभिड–१९ पोजिटिभ देखिएका हुन् । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्