धनगढी उपमहानगरपालिकामा वितरण गरिएको राहत गुणस्तरहिन प्रमाणित, अनुगमन टोलीले गर्यो कारबाहीको सिफारिस

कुहिएको चामल
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २९ ।
धनगढी उपमहानगरपालिकामा गरिब तथा विपन्न परिवारका लागि वितरण गरिदै आएको खाद्यान्न गुणस्तरहिन भएको प्रमाणित भएको छ । धनगढीको वडा नम्बर ४ उत्तरबेहडी, शिवपुरीधाममा सोमबार बिहान वितरण गरिएको चामलमा किरा परेको र कुहिएको फेला परेको थियो ।

स्थानियबाट उक्त सुचना प्राप्त भएलगत्तै क्यापिटल लाईभ मिडियाबाट सम्बन्धित क्षेत्रमा गई बुझ्दा वितरण गरिएको राहतको चामलमा किरा, घुन, चिलिसा र कुहिएको चामल फेला परेको थियो । उक्त विषयमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापासँग सम्पर्क गरि वितरणका लागि शिवपुरी धाममा राखिएको खाद्यान्नमा छापा मार्दा उक्त चामल गुणस्तरहिन प्रमाणित भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित शिवपुरीधाममा वितरणका लागि राखिएको खाद्यान्न सामाग्रीमा पत्रकार, स्थानिय, जनप्रतिनिधि, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रत्यक्ष उपस्थितिमा गरिएको छड्केमा जनताका लागि वितरण गरिएका राहत गुणस्तरहिन प्रमाणित भएसँगै उक्त खाद्यान्न आपुर्तिमा संलग्न रहेको ठाकुर ट्ेड लिंकलाई थप छानबिन र कारबाहिको लागि सिफरिस गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकालाई राहत रकम स्वरुप दिएको २ करोड ६१ लाख रुपैँमा ठाकुर टे्ड लिंक सँग सम्झौता गरि खाद्यान्न खरिद र आपुर्ति गरेको थियो । लगातार जनतालाई राहतमा खाद्यान्न होइन, नगद दिँउ भनि आवाज उठाईरहँदा पनि आफ्नै मनोमानिले गरेको निर्णयले यतिबेला धनगढी उपमहानगरपालिका र खाद्यान्न आपुर्तिकर्ता विवादमा मुछिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्