आईएमई लाइफ इन्स्योरेन्सले गर्यो १ करोड मृत्यु दाबी भुक्तानी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले प्रदेश नम्बर १ को गाईघाट शाखा कार्यालयबाट बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको हो ।

२०७६ असार ३१ गते बीमा गरेका खड्काको २०७८ असार १५ गते कोभिड उपचारका त्रममा अस्पतालमा मृत्यु भएको थियो । उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मृतक खड्काकी श्रीमती सिर्जना खड्कालाई एक करोड बराबरको चेक हस्तान्तरण गरेका हुन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्