देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टी, २५ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टी, २५ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्