एनएमबि बैंकले फिक्स्ड ब्याजदरमै घर कर्जा दिने, ऋणीहरु ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनएमबि बैंकले एउटै ब्यादरमा घर कर्जा दिने योजना ल्याएको छ । यो संगै अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् ।  बैंकले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो ।

त्यस्तै, फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रतिवर्ष ७.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने बैंकको विश्वास छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्