नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक इन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको  थियो ।

ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्