ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह,

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०/७१ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई बुझिलिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको एक महीनाभित्र सेयर रजिष्ट्रार ग्लोब आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गरी उक्त लाभांश बुझिलिन बैंकले सेयरधनीलाई आग्रह गरेको हो । यदि एक महिनाभित्र सो लाभांश लिन नआए उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।

साथै, आर्थिक वर्ष २०७३/७४, २०७५/७६, २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका सेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न समेत बैंकले आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्