कैलालीमा जिप दुुर्घटना, दुुई जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३-०१ -०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ पंगाल भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्का र चुुरे गाउँपालिका–६ कि ३६ वर्षीया दुुर्गा साउद रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुुवै जनाको अत्तरियाको पदमा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो । जिप चालक डोटीको जोरायल गाउँपालिका–१ का ३१ वर्षीय रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र कैलालीको चुरे गाउँपालिका–६ का ८ वर्षीय सशुील साउद घाइते छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्