महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा ‘बालबालिका सम्बन्धी नयाँ बीमा योजना सार्वजनिक’, यस्तो छ दिईने सेवासुविधा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ प्रचलनमा ल्याएको हो ।

प्रत्येक आमा बाबुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन् । त्यहि मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मीले एक समारोहका विच यो बीमा योजना ल्याएको हो ।

बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बी वितरणको लागि शुभारम्भ गरेका हुन् । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको कम्पनीद्ये जनाएको छ ।

बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ । बीमा समितिले पछिल्लो समय बीमा समितिले जारी गरेको बालबालिका सम्बन्धी निर्देशन अनुसार कम्पनीले यो पोलिसी ल्याएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्