विद्यार्थीहरुलाई परीक्षा दिने वातावरण बनाउन सांसदको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ। सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरेका छन् ।

साथै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्