१५ प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसके : राज्यमन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिएका हुन् । कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताए । उनले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्