जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा मास्क लगाए नलगाएकोबारे अनुगमन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।

काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारीसाधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ ।

मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उहाँले बताउनुभयो ।

सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको थियो । त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सही तरीकाले मास्क नलगाउनेलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्