काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि ३ सयले बढेर प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।