काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

Ad
  • कालोपाटी सम्बाददाता

प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो ।

यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय भएको थियो । विधिवत्रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी/गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ । पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्