राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७७७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँआर्जन गरेको थियो । यस्तै बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा भने खुद ब्याज आम्दानी ९ अर्ब ४५ करोड रुपैयाँ र कुल संचालन आम्दानी १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यसैगरी संचालन नाफा ५ अर्ब ९ करोड रुपैयाँ, कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा संचालन नाफा ५ अर्ब ९४ करोड रुपैयाँ , कूल समग्र आम्दानी २ अर्ब ४८ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ । २०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकको सेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४१.३२ रहेको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप,सेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्