काठमाडौंको भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस मनाईयो, राष्ट्रिय झन्डा फहराएर गरियो उत्सवको सुरुवात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं– भारतको ७५औँ स्वतन्त्रता दिवस मनाइएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औँ स्वतन्त्रता दिवस आइतबार मनाइएको हो । भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा राष्ट्रिय झन्डा फहराएर उत्सवको सुरुवात गरिएको थियो ।

उक्त स्वतन्त्रता दिवस उत्सव ‘आजादी का अमृत महोत्सव’ को रूपमा मनाइएको हो। सो दिवसको अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका आफन्तहरूलाई साढे चार करोडभन्दा बढी नेपाली रुपैयाँ वितरण गरी सम्मान गरे।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्