प्रधानमन्त्री देउवाद्धारा अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने भएको छ । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका छन् ।

सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्