प्रहरी कल्याण पेट्रोल पम्प नक्सालमा कार्यरत असईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरी कल्याण पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरीका सहायक निरीक्षक (असई)  दिलिप कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले पेट्रोल पम्पमा राख्नुपर्ने हिसाबमा अनियमितता गरी भ्रष्टाचार गरेको कसूरमा वर्ष दिनअघिदेखि सुरु गरिएको अनुसन्धान टुंग्याउँदै कार्कीविरुद्ध १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले पेट्रोल विक्रीबापत प्राप्त रकमलाई गलत तथ्यांक देखाएर अनियमितता गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्