रौतहटमा लागूऔषधसहित दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

रौतहट । रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया संचालकसहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मोजिबुल्लाह र राजपुर नगरपालिका-७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले अदालत पछाडिको सडकमा बिआर एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने डीएसपी चिमरियालेजानकारी दिएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्