कोरोना असर : सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोल्टी होटल १८ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा सो नोक्सान होटलले व्यहोरेको हो । अघिल्लो वर्षको यसै अवधिमा भने होटलले ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कारोना महामारीले नोक्सानमा गएको सोल्टीको व्यवस्थापन पक्ष जनाएको छ । यस्तै होटेलको आम्दानी पनि ६५।८७५ ले घटेर ४३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नोक्सान १८ करोड ३३ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६२ करोड ११ लाख रुपैयाँ छ ।
यो होटल प्रतिसेयर २ रुपैयाँ २१ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ पनि १९ रुपैयाँ ६७ पैसाबाट घटेर १७ रुपैयाँ ३७ पैसामा आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्