अफगानिस्तानबाट बुधबार थप ६१ जना नेपालीहरु काठमाडौं आइपुगे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ६१ जना आज बिहान काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ । मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्