अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले चलायो गोली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाए
बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ । तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो । अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन् ।-एजेन्सी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्