अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयासमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ । अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई +९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै भाइबररह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८, +९७७ ९७४९३२६४५९, +९७७ ९८४१७९२७७४ र +९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सकिने छ । अफगानिस्तानमै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट  nepalconsular.gov.np मा विवरण दर्ता गराउन पनि सरकारले आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्