चाँदीका गरगहनासहित बाराबाट एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

बारा । बारामा चाँदीका गरगहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ। पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्