अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ: अमेरिका

taliban
Ad
  • कालोपाटी सम्बाददाता

६ भदौ, काठमाडौं । अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने भनि अमेरिकाले चेतावनी दिएको छ । सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो तर आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन ।

अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई सुरक्षा खतराबाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ ।अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

अमेरिकाले विमानस्थल भित्र  नियन्त्रणमा गरेपनि  विमानस्थल  बाहिर  नजान सचेत गरेको छ ।

अमेरिकाको अनुसार अमेरिकाले एयरपोर्टबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्