नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

सुनसरी । नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई पक्राउ गरेको हो ।

देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानेको हो ।

बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्