‘कम्युनिष्ट आन्दोलनमा देखा परेका सबैसँग हामी वार्ता गर्छौं’ : नारायणकाजी श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ ।

माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ कम्युनिस्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्