दिवंगत आत्मालाई सम्झिएर आज गाईजात्रा मनाइँदै

gai_jatra
Ad
  • कालोपाटी सम्बाददाता

७  भदौ, काठमाडौं । भदौ कृष्ण प्रतिपदादेखि आठ दिन सम्म मनाइने ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।गाईजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि गरेको छ ।

दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी भिभिन्न  ठाउँमा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा  अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरुले  पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका थिए।  रानीको मन अझै शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

त्यो बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाउने चलन छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने गरिन्छ ।

कोविड-१९ माहमरिका बीच पनि २०७७ साल को गाइजात्रा सम्पन्न गरिएको थियो। यो साल पनि मास्क र सामगिक दुरी कायम गरेर गाइजात्र मनाइदैछ । गाइजात्राकै अवसर पारेर  युटुबमा विभिन्न हास्य कार्यक्रम पनि निकालिएको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्