कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारीमा लागेका छन् ।

आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन । लगभग विवाद सबै मिलेकाले आज साँझसम्म प्रधानमन्त्री देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए ।

बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटक-पटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९-१३ गतेसम्म गर्ने तय भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्