एमाले स्थायी कमिटी बैठक चल्दै , पूर्व-माओवादी नेताहरु पनि सहभागी

Ad
  • कालोपाटी सम्बाददाता

८ भदौ, काठमाडौं । पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिको लागि नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठकमा माधव नेपाल पक्षका  तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठक मंगलबार ११ बजेका लागि तय भएको भए पनि चार घण्टा पछि ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ ।

तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सारिएको बताइएको छ ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्