माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजन, प्रवक्ताको जिम्मा महरालाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय र सम्पर्क समिति गठन गरेको हो ।

केन्द्रीय समितिको बैठकले केन्द्रीय विभाग समेत गठन गरेको छ । जसअनुसार अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।

यसैगरी स्कुल विभागमा प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज तोकिएको छ भने रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरुको जिम्मेवारी पछि तोकिने जनाईएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्