माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए । नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्