लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट ५.०८ ग्राम लागुऔषध खैरो हिरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका-३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्